११ माघ २०८१, शुक्रबार

नेशनल प्याथल्याबको नयाँ शाखा ललितपुरमा

प्रकाशित मिति :  24 January, 2025 4:25 pm


काठमाडाैँ । नेपालको पहिलो आणविक तथा आनुवंशिक डायगोनस्टिक्स प्रयोगशाला नेशनल प्याथ ल्याबले ललितपुरबाट पनि सेवा शुभारम्भ गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नेशलन प्याथ ल्यावले आफ्नो १२ औँ शाखा ललितपुरको लगनखेलमा उद्घाटन गर्दै सेवा शुभारम्भ गरेको हो ।

शाखाको उद्घाटन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले गरे । उनले नेशलन ल्याबको माध्यमबाट नागरिक तहमा रोजगारी समेत उत्पादन भएको उल्लेख गर्दै सरकारको सहयोग आवश्यक रहेको बताए । उनले तन्तु प्रत्योपरणको लागि कानूनले नदिने समेत बताए। कुनैपनि किसिमको तन्तु प्रत्यारोपणका लागि सरकारले अनुमति नदिने भएपनि पठाइराखिएको बताए ।

स्याम्पल परीक्षण तथा कर्मचारीका हिसाबले  नेशनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस !