१४ माघ २०८१, सोमबार

जग्गा व्यवसायी पवन थापा बेपत्ता, खोजीका लागि प्रहरीमा उजुरी

प्रकाशित मिति :  26 January, 2025 11:46 am


काठमाडौँ ।बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ भंगालका पवन थापा गत पुष २६ गतेदेखि बेपत्ता भएका छन्।

जग्गा व्यवसायी पवन थापा घरबाट पैसा व्यवस्थापन गर्न जाने भन्दै निस्केका थिए। उनले भंगालस्थित एक रिर्सोटमा आफ्नो स्कुटर पार्किङ गरेर काउन्टरमा साँचो बुझाएका थिए। ‘एकछिनमा फर्किन्छु’ भन्दै निस्किएका थापालाई त्यसपछि कसैले देखेका छैनन्।

रिर्सोटको सिसिटिभी फुटेजमा थापाको हातमा फाइलजस्तो वस्तु बोकेर हिँडिरहेको देखिएको थापा परिवारका सदस्य सुमन थापाले बताएका छन्। तर, त्यसपछि थापाको कुनै पनि सुराक फेला परेको छैन।

परिवारले उनको खोजीका लागि पहल गरिरहेका छन्। थापाकी श्रीमती अन्जना खड्काले बुढानीलकण्ठ र महाराजगञ्ज प्रहरी कार्यालयमा पति बेपत्ता भएको भन्दै उजुरी दिएकी छिन्।

थापाको खोजी कार्यका लागि प्रहरी प्रशासनले आवश्यक कदम चालिरहेको र घटनाको छानबिन भइरहेको जानकारी प्राप्त भएको छ। परिवारजनले सम्भावित घटनाबारे जानकारी हुने सबैलाई सहयोग गर्न अनुरोध गरेका छन्।



प्रतिक्रिया दिनुहोस !