ललितपुर महानगरपालिकाद्वारा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ
काठमाडाैँ । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ ।
आइतवार महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको शुभारम्भ गरेका हुन्। महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरिएको कार्यक्रमको सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना सुरू गरिएको महानगरको भनाइ छ ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख महर्जनले हालैमात्र महानगरपालिकाले इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरेको बताए । केही कठिन काम भएपनि कार्यान्वयन शुरु गरेको र अब ३६५ दिन नै अनवरत रूपमा कहिल्यै ननिभ्ने गरी सञ्चालन हुने बताउनु भयो । शुरुमा केही शंका लागेको भएपनि धेरै राम्रो काम गरिरहेको पाएको बताए ।
नियम भंग गर्ने सवारी साधन चलकहरुलाई कारबाही गर्ने बताए । अर्को वर्ष पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म र जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना-भैंसेपाटी हुँदै बुङमतीसम्म इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चलनमा ल्याउने बताए । प्रमुख महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गरिरहेको बताए ।