नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका छन् ।
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताएका हुन् ।
नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरुको चाहना रहेको बताए। देशलाई स्वाधिन बनाउने एजेण्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको बताए । उनले नेपाली जनताको पैसा, दया, माया नभइ विश्वास भए मात्रे पुग्ने बताए । एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता गरे ।
उनले भने, “हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधिनताका लागि प्रयोग गर्ने, संसदीय चुनाव हो हामीलाई थाहा छ । मान्छेले भनेका छन् हामीलाई तपाईंहरु घुम्दै फिर्दै त्यहीँ आउनुभयो नि त । हो यो चुनाव हो । हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ ।”
महासचिव चन्दले ०८४ को निर्वाचन अग्रगमन, स्वाधिनता, समाजवादको पक्षमा हुने बताए ।