१४ माघ २०८१, सोमबार

समितिमा अल्झिएका विधेयकबारे सभामुखद्वारा सत्तारुढ दलका प्रमुख सचेतकहरूसँग छलफल

प्रकाशित मिति :  26 January, 2025 5:29 pm


काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनलाई विजनेस दिन सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतवार सिंहदरबारमा सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरुसँग अनौपचारिक छलफल गर्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । छलफलमा सभामुख घिमिरेले संसदको आउँदो अधिवेशनलाई रचनात्मक र सिर्जनात्मक बनाउन प्रमुख सचेतकहरूबाट पहलकदमी गर्न आग्रह गरेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले संसदको प्रभावकारिता बढाउँदै विचाराधिन विधेयकहरुलाई अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको बताए । प्रमुख सचेतक बर्तौलाकाअनुसार संसदीय समितिमा विचाराधिन रहेका विधेयक पेस गर्ने र अन्य व्यवस्थापकीय पाटो विषयमा समेत छलफल भएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले छलफलमा सभामुख घिमिरेले अल्झिएर रहेका विधेयकको बारेमा सत्तारुढ दलको धारणा लिएको बताए । उनले संसदको गएको अधिवेशनमा देखिएका समस्याहरुबारे समेत छलफल भएको उल्लेख गर्दै पार्टी नेतृत्वसँग छलफल गरेर निर्णयमा पुग्ने बताए ।



प्रतिक्रिया दिनुहोस !