१५ माघ २०८१, मंगलबार

मुलुकको आर्थिक अवस्था सुधार्न अध्यादेशमार्फत २९ वटा कानूनहरू परिवर्तन गर्‍यौंः प्रधानमन्त्री

प्रकाशित मिति :  27 January, 2025 4:38 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेश ल्याइएको दाबी गरेका छन् ।

सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था सुधार गर्नको लागि अध्यादेशमार्फत २९ वटा कानूनहरू परिवर्तन गरेको जिकिर गरे । उनले गैरसहकारी मान्छेहरु सहकारीमा प्रवेश गर्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताए।

उनले सहकारीहरु मिलेर सानो पुँजी जम्मा गर्दै ठूलो÷ठूलो कामहरू गर्न सकिने बताए । उनले संसदको हिउँदे अधिवेशनमा सरकारले सदनलाई विजनेस दिने कुरामा दृढ रहेको बताए । उनले सरकार संसदमा कानून बनाउने र कानून संशोधन गर्ने कुरामै केन्द्रित हुने बताए ।

उनले भने, “सहकारीमा ठूलो ठगी भएको छ । गैर सहकारी मान्छेहरू सहकारीमा प्रवेश गरेर यस्तो खालको काम भयो । सहकारी हामीलाई अहिले पनि आवश्यक छ । सहकारी मिलेर साना साना पूँजी जम्मा गरेर हामी ठूला कामहरु गर्न सक्छौं । त्यतापट्टि हामी जानुपर्दछ । हामीले केही कामहरु छिटो गर्नको लागि केही अध्यादेशहरू ल्यायौं । २९ वटा कानूनहरुरू परिवर्तन गरेका छौं,” ।

उनले केही मान्छेहरु बालकलाई जस्तो चकलेट देखाएर सरकार ढाल्न खोजिरहेको बताए । उनले अहिले नेपाली काँग्रेसबाट पूर्ण साथ पाएको बताए । उनले अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्था रहेकोले रिकभर गर्न सरकार प्रयासरत रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !