नेकपाद्वारा काठमाडौँमा ‘सी व्यापार केन्द्र’ स्थापना, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने
काठमाडौँ । नेकपाले काठमाडौँमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ । सोमबार महासचिव नेत्र विक्रम चन्द विप्लव सी को उपस्थितिमा नेकपाले बुढानीलकण्ठ, पिपलचोकमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको हो ।
देशभरका किसानहरूको उत्पादनलाई बजारमा जोड्नको लागि व्यापार केन्द्र स्थापना गरेको जनाएको छ । अन्य मार्टहरु जस्तै सुविधा भएको यस व्यापार केन्द्रमा आलु, तोरी, धान, गहुँ, जुस, दाल, चामल, तेल, चिनी, फलफूललगायत सामग्री उपभोक्तालाई उपलब्ध गराउनेलगायत सामग्री बिक्री गर्ने उल्लेख गरिएको छ।
यो व्यापार केन्द्रले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै किसानहरूको आर्थिक अवस्था सुधार गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धान, गहुँ, तोरी, आलु र स्याउ लगायतका उत्पादनमा बढावा दिँदै आएको छ । नेकपाले कालिकोट, हुम्ला, जुम्लामा भेडा फर्म सञ्चालनको तयारी गरिरहेको छ । चितवन, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा कृषि उत्पादन गर्दै आइरहेको छ । नेकपाले सोमबार काठमाडौंको बुढानिलकण्ठमा सी व्यापार केन्द्रको उद्घाटन गरि कृषि उत्पादन र वितरणको सुरुवात गरेको छ ।