१५ माघ २०८१, मंगलबार

रास्वपाले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने

प्रकाशित मिति :  27 January, 2025 5:47 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आवद्ध गर्न\गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले केन्द्रिय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय भएको पार्टीका कार्यवाहक महमन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

जसअन्तर्गत सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल कर्णाली प्रदेश लिमा अधिकारी, लुम्बिनी प्रदेश, विपिनकुमार आचार्य, गण्डकी प्रदेश शिशिर खनाल, वागमती प्रदेश सन्तोष परियार र वसुमाया तामाङ, मधेस प्रदेश, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेश सुमना श्रेष्ठ र रमेश प्रसाईं रहेका छन् । 

उनले बैठकले केन्द्रिय सदस्य कामिनी चौधरीलाई केन्द्रिय संगठन विभाग सदस्यमा मनोनयन गरेको छ । प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सो सम्बन्धी कार्यविधि बमोजिम गर्न गराउन केन्द्रिय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !