सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरूलाई सभापति देउवाको निर्देशन
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिएका छन् ।
सोमवार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरुलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताए । उनकाअनुसार बैठकमा सांसदहरुले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि समेत प्रश्न उठाए ।
उनले मन्त्रीहरूले यसको बारेमा जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको बताए ।उनले बैठकमा सांसदहरूले दुई ठूला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भिर भएर अगाडि बढ्नुपर्ने धारणा राखे । काँग्रेसका केही नेताहरूले सार्वजनिक रुपमै सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्