१७ माघ २०८१, बिहिबार

विपक्षी दलहरूले मोर्चाबन्दी गरेर भ्रम फैल्याइरहेका छन्ः महेश बर्तौला

प्रकाशित मिति :  28 January, 2025 4:11 pm


काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरूले मुलुकमा भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् ।

मंगलवार संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमण गरिरहेको बताएका हुन् ।

उनले एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरूले आगामी अधिवेशनमा खेल्नुपर्ने भुमिकाबारे प्रशिक्षण दिइने बताए । सांसदहरू संसदीय काम र प्रक्रियाहरूलाई आफ्नो पहिलो दायित्व र जिम्मेवारी ठानेर बैठकमा उपस्थित हुनुपर्ने बताए । 

“नेकपा एमाले यतिबेला सरकारको नेतृत्व गरिरहेको छ । सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरुले यो आगामी अधिवेशनमा संसदमा खेल्नुपर्ने भुमिकाका बारेमा मुख्यगरी केन्द्रित रहेर छलफल गर्नेछौँ । सांसदहरु संसदीय काम र प्रक्रियाहरुमा मेरो पहिलो दायित्व र जिम्मेवारी हो भन्नेकुरा यो बैठकको हाम्रो निस्कर्ष हुन्छ । दोस्रो कुरा सरकारले असाध्यै महत्पवपूर्ण ढंगबाट काम गरिरहेको छ,” उनले भने । सरकारले महत्पवपूर्ण ढंगबाट काम गरिरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !