अध्यक्ष दाहालको टिप्पणीः संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम
काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरूले सामुहिक विरोध गर्ने बताएका छन् ।
मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौँमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाएका हुन् । उनले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरूसामुहिक रुपमा सदनमा प्रस्तुत हुने समेत बताए ।
उनले वर्तमान सरकार जनता र राष्ट्रविपरितको काम गर्दै मुलुकमा आर्थिक संकट बढाउन उद्धत रहेको समेत बताए ।उनले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीका संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साँधेको आरोप समेत लगाए ।अध्यक्ष दाहालले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तीको आवश्यकता रेहको बताए । उनले केही मानिस र केही पार्टीहरु मुलुकको वर्तमान व्यवस्थालाई उल्ट्याउने कसरत लागिपरेको समेत बताए ।
उनले संविधान संशोधनको नाममा मजदुर र किसानको अधिकार खोस्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै यसको विरोधमा उत्रिनुपर्ने बताए । उनले देशका ठूला भनिएका राजनीतिक पार्टीहरु र तिनका नेताका विचारहरु समाजवाद उन्मुखतिर नभई प्रतिगमन र संविधानको लक्ष्यलाई पछाडि पार्नेतिर परिलक्षित रहेको टिप्पणी गरे ।