१७ माघ २०८१, बिहिबार

मुलुकलाई निकास दिन नेपाली विशेषतामा आधारित समाजवाद आवश्यक छः महासचिव चन्द

प्रकाशित मिति :  28 January, 2025 5:10 pm


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई निकास दिनको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताएका छन् ।

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै महासचिव चन्दले नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताएका हुन्।

उनले नेपाली विशेषतामा आधाररित समाजवाद ल्याउन सकेमात्रै मुलुकमा राजनीतिक स्थायित्व दिन र मुलुकको साशकीय स्वरुप परिवर्तन समाजवादबाट मात्र हुने उनकाे जिकिर छ । मुलुकमा अझै पनि एक प्रकारको उकुसमुकुस र अशान्ती कायमै रहेको उल्लेख गर्दै उहाँले समाजवादी मोर्चाको गठनसँगै जनतामा आशा पलाउन थालेको बताए ।

समाजवादी मोर्चालाई अझै सक्रिय बनाउन सबै दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।



प्रतिक्रिया दिनुहोस !