शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2025/01/1738209968-B1YGE.jpg?fit=1144%2C792&ssl=1)
काठमाडाैँ । मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ ।
एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरू मारमा परेका छन् । मधेसको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ । हुस्सु दिउँसो मात्रै खुलने गरेको स्थानीयहरू बताउँछन् ।
चिसोबाट गरिव विपन्नहरूलाई धेरै समस्या छ । अहिलेको मौसमले बालबालिकाहरूलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ । केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन् । बाक्लो हुस्सु÷कुहिरोका कारण जनकपुरमा विमानहरूले उडान भर्न सकेको छैन ।
स्थानीयहरू आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जसका कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ ।