७ फाल्गुन २०८१, बुधबार

आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसक्योः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  30 January, 2025 1:36 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको बताएका हुन्। उनले नेपालले तिब्रताका साथ विकासका कामहरुअघि बढाइरहेको उल्लेख गर्दै आइटीइ क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताए ।

उनले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरू रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको बताए । देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको बताए । प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन सरकारले काम गरिरहेको बताए । सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पु¥याउन चाहेको बताए ।

प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसावले सरकारल अघि बढेको बताए ।



प्रतिक्रिया दिनुहोस !