नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरू
प्रकाशित मिति : 30 January, 2025 1:42 pm

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरू भएको छ । बिहीवार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरू भएको हो । शुक्रवारबाट हिउँदे अधिवेशन सुरू हुँदैछ ।
त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरु एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरु र अध्यादेशको बारेमा बिरोध गर्ने बारेमा छलफल हुने र सांसदहरूलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।
यसअघि नै आज नै विपक्षी दलहरुको बैठक समेत बसेको थियो । जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी समेत दिएको थियो ।