२५ फाल्गुन २०८१, आइतबार

संविधान संशोधनको बहस नै हुन छोड्यो-निधी

प्रकाशित मिति :  2 February, 2025 10:26 am


काठमाडाैँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सातबुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको उनको गुनासो थियो ।

उनले संविधान संशोधनको मुद्दालाई नेपाली काँग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताए । नेता निधीले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेको भए पनि कानून निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताए ।

‘‘अहिले संविधान संशोधनको बहस नै भइरहेको छैन । नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा सात बुँदे जुन सहमति भयो, सत्ता गठबन्धनका लागि संविधान संशोधन गर्ने भनेर राखियो‘‘, उनले भने, ‘‘संविधान संशोधनका लागि दुई तिहाई चाहिन्छ । कानून निर्माण र कानून संशोधनको लागि दुई तिहाई चाहिँदैन । संसदमा बहुमत भए पुग्छ ।‘’ नेता निधीले संविधान संशोधन र कानून निर्माण पनि उत्तिकै आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !