४ आश्विन २०८१, शुक्रबार

अर्घाखाँचीमा तरकारी नष्टकाे घटनाः मुख्य मन्त्रीदेखि संघीय कृषि मन्त्रालयसम्मकाे आपत्ति

प्रकाशित मिति :  1 June, 2020 5:56 pm


काठमाडौं, १९ जेठ ।

विभिन्न जिल्लामा कोरोनाको नियन्त्रण तथा रोकथामकका नाममा कृषि उपज ढुवानी अवरोध र विक्री वितरण गर्न नदिइ नष्टी गरिएको प्रति प्रदेश ५ का मुख्यमन्त्री देखि संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेसमेत आपत्ति जनाएको छ ।

मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायलाई संयम हुन आग्रह छ भने मुख्य मन्त्री शंकर पाेखरेलले आइतबार राती नै सामाजिक संजालमार्फत् आपत्ति जनाइसकेका छन् । ‘प्रदेश ५ मा संक्रमण भारतबाट आएर क्वारेन्टिनमा बसेका र त्यसकाे व्यवस्थापन गर्रनेमा देखिएकाे हाे । किसानले फलाएकाे तरकारीमा हाेइन, सचेत बनाैं,’ आइतबार राती फेसबुक स्टाटस लेखेर भनेका छन् ।

अर्घाखाँचीमा आइतबार प्रहरीकै रोहबरमा अर्को जिल्लाबाट ल्याइएको भन्दै तरकारी खोलामा फालिएको लगायतका समाचारको सामाजिक सञ्जालमापनि विरोध भइरहेको छ । तरकारी नष्ट गर्दै गरेकाे भिडियाे सामाजिक सञ्जालमामा भाइरल नै भएकाे छ ।

मन्त्रालयले यस्ता कार्यह हुन नदिन र कृषकका उत्पादनहरु सहज रुपमा ढुवानी र विक्री वितरण हुने व्यवस्था मिलाउन विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।

‘केही स्थानहरुमा अन्यत्र जिल्लामा उत्पादित वस्तुहरुको ढुवानी र विक्री वितरण गर्द नदिई जफल गरी नष्ट गरिएको भन्ने समाचारहरु प्रकाशन भएको सन्दर्भमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ सचिव राजेन्द्र प्रसाद भारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यहरुले कृषकहरुको उपज खेर जाने मात्र नभै कृषकहरुको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नु पर्ने अवस्था सिर्जना गराउछ ।’

प्रदेश ५ कै कृषि सचिव तेज बहादुर सुवेदीले पनि साेमबार फेसबुकमार्फत् विराेध जनाएका छन् । ‘केही दिन अघि पाेखरा र अर्धाखाँचीकाे याे घटना अराजकता नै हाे,’ उनले भनेका छन्, ‘आज हामी सबैकाे भान्सामा पाक्ने आलु प्याज लगायत धेरै खाद्य वस्तु भारतबाट आउँछ, हिम्मत भए ती खाद्य वस्तु पहिले खाल्डाेमा हाल्नुस अनि याे कृयाकलाप जायत भन्न सकिएला ।’



प्रतिक्रिया दिनुहोस !