५ कार्तिक २०८१, सोमबार

२९ जना नयाँ कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  2 June, 2020 1:17 pm


काठमाण्डौं, २० जेठ ।

२९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेत, सल्यान र अछामका गरी २९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुर्खेतको वीरेन्द्रनगरका ११ जना, सल्यानको दार्मा गाउँपालिकाका १०, अछामका ९ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का ८ जना पुरुष, ३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तै सल्यानको दार्मा गाउँपालिका-१ का १ जना पुरुष, वडा नम्बर २ र ३ का २र२ जना पुरुष, वडा नम्बर ४ का चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख   छ ।

अछामको मंगलसेन नगरपालिका–४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका–४ का ६ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको छ । विहान मात्रै स्याङ्जामा ५ र पर्वतमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !