३० फाल्गुन २०८१, शुक्रबार

ट्रम्पलाई पुटिनको मस्को भ्रमणको निम्तो

प्रकाशित मिति :  14 February, 2025 9:24 am


काठमाडाैँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गर्नुभउको छ । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् ।

पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए । दुई राष्ट्रपतिले युक्रेनको अवस्था र द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा छलफल गरे ।

ट्रम्पले द्रुत युद्धविराम र समस्याको शान्तिपूर्ण समाधानलाई अँगालेकोमा जोड दिँदै पुटिनले युक्रेन द्वन्द्वको मूल कारणहरू हटाउने आवश्यकतालाई जोड दिए ।



प्रतिक्रिया दिनुहोस !