५ कार्तिक २०८१, सोमबार

कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकै दिन थपिए २ सय ८८ जना

प्रकाशित मिति :  2 June, 2020 4:28 pm


काठमाण्डौं, २० जेठ ।

पछिल्लो २४ घण्टामा २ सय ८८ जना संक्रमित भेटिएका छन् । विभिन्न जिल्लामा २ सय ८८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यो संगै कोरोना संक्रमितको संख्या २ हजार पार गरेको छ । देशभर संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । ६१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो पटक पर्वत र प्यूठानमा नयाँ संक्रमित भेटिने जिल्ला रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !