४ बैशाख २०८२, बिहिबार

दैलेखमा ११ वर्षीय बालकको हत्या, दुई जना पक्राउ

प्रकाशित मिति :  17 February, 2025 2:28 pm


काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा बालकको हत्या गरिएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार बालकको हत्या अभियोगमा सोही ठाउँका १४ र १७ वर्षीय दुई जना किशोरलाई नियन्त्रणमा लिइएको छ ।

गत महिना माघ २५ गतेदेखि हराएका बालकको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सम्पर्क बिहिन भएको भोलिपल्ट माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि परिवारले निवेदन दिएका थिए ।

आमाको गहना चोरी गरेर बिक्री गर्ने विषयमा विवाद हुँदा चोरीमा संलग्न अन्य दुई किशोरले उनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !