३ बैशाख २०८२, बुधबार

भारतको केआईआईटी कलेजमा नेपाली छात्रा मृतअवस्थामा फेला

प्रकाशित मिति :  17 February, 2025 3:03 pm


काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी कलेजमा अध्ययनरत् एक जना नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएकी छन् ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।

लम्साल कलेजमै अध्ययनरत एक विद्यार्थीसँग प्रेमसम्बन्धमा रहेको र त्यही सम्बन्धित केही कारणले आत्महत्या गरेको भन्दै कलेजले विज्ञप्ती निकालेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

केही महिना अगाडी लम्साल आफ्ना प्रेमीको दुर्व्यवहारमा परेको भन्दै सहयोग माग्न अन्तराष्ट्रिय सम्बन्ध अफिसर सम्म पुगेको खबर भारतीय सञ्चारमाध्यामले सार्वजनिक गरेका छन् ।

ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुर्व्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ ।

मृतक लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै बल प्रयोग गरेर कलेजबाट निकालिएको समेत सञ्चारमाध्यामहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !