३ आश्विन २०८१, बिहिबार

तरकारी नष्ट गर्नेमाथि कारबाही गर्न कृषि मन्त्रालयले लेख्याे गृहलाइ पत्र

प्रकाशित मिति :  2 June, 2020 8:34 pm


काठमाडाैं, २० जेठ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मनत्रालयले कृषि उपजको उत्पादन, ढुवानी र बजार पुर्याउने वातावरण मिलाउन अनुराेध गरेकाे छ ।

पटक–पटक आग्रह गरिए पनि कृषि उपजको उत्पादन, ढुवानीमा अवरोध भएको भन्दै कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र नै लेखेको छ । ‘कृषि उपज नष्ट गर्ने अवान्छित क्रियाकलापले कृषकहरुको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गई खाद्य संकटको अवस्था हुन सक्नेछ’, पत्रमा भनिएकाे छ ।

कपिलवस्तुबाट अर्घाखाची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको छ । उक्त कार्यको सञ्चार माध्यम एवम् सामाजिक सञ्जालहरुमा तीव्र बिरोध भइरहेको छ ।

कृषि मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कार्बाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिन आग्रह गरेको हाे ।

अर्घाखाँचीमा जस्तै पोखरा महानगरपालिकाले पनि अन्यत्रबाट आएको तरकारी रोक लगाएको छ । कर्णाली प्रदेशले त अरु ठाउँबाट सबै खाद्य वस्तु रोक लगाउने निर्णय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !