४ बैशाख २०८२, बिहिबार

कालिमाटीमा मृत भेटिएका व्यक्तिको हत्या भएको आशंकाा

प्रकाशित मिति :  19 February, 2025 2:47 pm


काठमाडौं । कालिमाटी तरकारी बजारमा मृत फेला परेका व्यक्तिको हत्या भएको आशंकामा प्रहरीले गरेको छ । कालिमाटी तरकारी बजारमा भरियाका रूपमा लामो समयदेखि काम गर्दै आएका रामकृष्ण दाहाल बिहान मृत फेला परेका थिए ।

उनको टाउकोमा रडले हानेजस्तो गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

‘प्रहरीले सीसीटीभी फुटेजको अध्ययन गरेर अनुसन्धान अगाडि बढेको जानकारी दिएको छ । तरकारी बजारका अन्य भरियासँग दाहालको विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !