सनलाइट कम्प्युटर इन्ष्टिच्यूटको १५ औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

नारायणी डाँगी,
दाङ । सनलाइट कम्प्युटर इन्ष्टिच्यूट, घोराही दाङको १५औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका प्रबन्ध निर्देशक प्रमिला डाँगीकाे अध्यक्षता एवम् घोराही उपमहानगरपालिका वडा नम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समाराेह सम्पन्न भएकाे हाे ।
प्रशिक्षक गेहेन्द्र कँवरकाे स्वागत मन्तव्य मन्तव्यबाट सुरु भएकाे समाराेहमा प्रमुख अतिथि पाण्डेयले प्राविधिक शिक्षाले मात्र रोजगारी सिर्जना गर्न सक्ने बताउँदै, संस्थाले निरन्तर १५ वर्षदेखि गुणस्तरीय तालिम प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गरेका थिए । उनले संस्थाले आगामी दिनहरूमा अझ प्रभावकारी सेवा तथा तालिम दिने विश्वास व्यक्त गरे।
त्यसैगरी, विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको उल्लेख गर्दै संस्थाले यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
अर्का विशिष्ट अतिथि प्याव्सन दाङका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दले सीपमूलक शिक्षाको महत्त्वबारे प्रकाश पार्दै, सिकाइलाई व्यवहारिक रूपमा प्रयोग गर्नु नै शिक्षाको मुख्य उद्देश्य भएको बताए ।
कार्यक्रमका संस्थाका प्रबन्धक डाँगीले हालसम्म १२ हजारभन्दा बढी विद्यार्थीलाई कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरिसकेको जानकारी गराउँदै, आगामी दिनहरूमा अझ गुणस्तरीय तालिम दिने प्रतिवद्धता व्यक्त गरिन् ।
समारोहमा विभिन्न सांस्कृतिक तथा साहित्यिक प्रस्तुति पनि राखिएको थियो । यमराज पुन मगरको समूहद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो, भने छात्राहरू रबिना चौधरी, सृजना चौधरी, सपना पुन मगर, मन्जु पुन मगरले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, मिलन पुन मगर, यमराज पुन मगर, पवल महरा, चन्द्र बहादुर के.सी.ले गजल तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन नगेन्द्र बहादुर के.सी. र नन्दराम राना मगरले गरेका थिए ।