२६ चैत्र २०८१, बुधबार

आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयन गर्न आमसञ्चार परिषद् विधेयक ल्याइएको होः सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति :  25 February, 2025 5:37 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारिता पेशालाई स्वस्छ, स्वतन्त्र र जिम्मेवार बनाउन आमसञ्चार परिषद् विधेयक ल्याइएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले आमसञ्चार क्षेत्रलाई समयसापेक्ष बनाउनका लागि विधेयक ल्याइएको दाबी गरेका हुन् । उनले स्वतन्त्र रुपमा पत्रकारिताको विकास र संरक्षण गर्ने तथा स्वनियमलाई प्रवद्र्धन गर्न तथा नयाँ ऐनको व्यवस्था गर्नुपर्ने भएकोले विधेयक ल्याइएको बताए ।

उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नु प्रश्ताविक विधेयकको मुख्य उद्देश्य रहेको बताए ।उनले विधेयकमा प्रेस प्रतिनिधिको व्यवस्था पनि आमसञ्चार परिषद् विधेयकले गरेको बताए । उनले विधेयकमा रहेका कमजोरीहरु दफावार छलफलका क्रममा सच्याउन सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !