५ कार्तिक २०८१, सोमबार

कोराना संक्रमित थप एक जनाको मृत्यु,मृतकको संख्या ९ पुग्यो

प्रकाशित मिति :  3 June, 2020 4:53 pm


काठमाण्डौं, २१ जेठ ।

कोराना संक्रमित थप एक जनाको मृत्यु भएको छ । दोलखाका ७६ वर्षीय पुरुषको काठमाण्डौंमा उपचारका क्रममा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले थप एक जना कोरोना संक्रमित व्यक्तिको ज्यान गएको जानकारी दिए । यो संगै कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ ।

ति व्यक्ति उपचारका लागि काठमाण्डौं मेडिकल कलेज उपचारका लागि भर्ना भएका थिए । हेमोराईज स्ट्रक भएका उनको १५ गते स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणको पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा सारेर आइसीयुमा उपचार भईरहेको थियो । उनको आज निधन भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !