५ कार्तिक २०८१, सोमबार

कोरोना संक्रमितको संख्या २३००

प्रकाशित मिति :  3 June, 2020 5:02 pm


काठमाण्डौं, २१ जेठ ।

कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ ।

आज थप २ सय १ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । आज थपिएका नयाँ संक्रमितसँगै कूल संख्या २३ सय पुगेको देवकोटाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १ जना संक्रमित भेटिएको जानकारी दिए ।

त्यस्तै सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्यूठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता देवकोटाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !