५ आश्विन २०८१, शनिबार

रुकुम पश्चिममा प्रहरी चौकी आक्रमण गर्ने वडा अध्यक्ष पक्राउ

प्रकाशित मिति :  3 June, 2020 6:20 pm


दाङ, २१ जेठ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी पक्राउ परेका छन् । युवाहरुको समूह लगेर प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा वडा अध्यक्ष केसीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले केसी पक्राउ गरेको पुष्टि गरेका छन् । हिजो साँझ ९ बजेतिर वडा नम्बर १४ मा रहेको प्रहरी चौकीमा युवाहरुको समूह लिएर वडा अध्यक्ष केसीले ढुंगामुढा र तोडफोड गरेका थिए ।

      सम्बन्धित समाचार

रुकुम पश्चिममा युवाहरुको समूह लगेर वडा अध्यक्षद्धारा प्रहरी चौकीमा आक्रमण



प्रतिक्रिया दिनुहोस !