२६ चैत्र २०८१, बुधबार

युक्रेनलाई १.६ अर्ब पाउण्ड बराबरको मिसाइल सहयोग दिने बेलायत

प्रकाशित मिति :  3 March, 2025 10:19 am


लण्डन । बेलायती प्रधानमन्त्री केयर स्टारमरको आयोजनामा लण्डनको ऐतिहासिक ल्यान्कास्टर हाउसमा सम्पन्न रक्षा शिखर सम्मेलन युक्रेनको सुरक्षा र शान्ति स्थापनामा केन्द्रित रह्यो ।

एक दर्जनभन्दा बढी युरोपेली राष्ट्रप्रमुखहरू तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको सहभागितामा सम्पन्न उक्त बैठकले युक्रेनलाई सैन्य सहयोग बलियो बनाउन महत्वपूर्ण निर्णयहरू पारित गर्यो ।

शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्टारमरले बेलायतले युक्रेनलाई ५,००० भन्दा बढी वायु रक्षा मिसाइलहरू किन्न १.६ अर्ब पाउण्ड बराबरको ब्रिटिश निर्यात वित्त प्रयोग गर्न अनुमति दिने घोषणा गरे । उनका अनुसार यो सहयोग युक्रेनको हवाई सुरक्षालाई मजबुत पार्नका लागि महत्वपूर्ण हुनेछ।

प्रधानमन्त्री स्टारमरले युक्रेनमा स्थायी शान्ति स्थापनाका लागि चार चरणीय रणनीतिक योजना सार्वजनिक गर्दै बेलायतको प्रतिवद्धता दोहोर्याउनुभयो। कूटनीतिक वार्ताको गहन प्रक्रिया पछि आयोजित यो शिखर सम्मेलनले युक्रेनको सुरक्षालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

युरोपेली राष्ट्रप्रमुखहरूको एकजुटता र बेलायतको ठोस सैन्य सहयोगले युक्रेनको रक्षा सुदृढ पार्दै शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।



प्रतिक्रिया दिनुहोस !