५ कार्तिक २०८१, सोमबार

भोलिदेखी बिदेशमा रहेका नेपाली ल्याइने

प्रकाशित मिति :  4 June, 2020 6:32 pm


भोलिदेखी  कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार सुरु हुने भएको छ । जस अन्तर्गत पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ।

यस्तै परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको छ ।

सरकारले यस अघि नै विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !