२६ चैत्र २०८१, बुधबार

प्रधानमन्त्रीद्वारा आन्तरिक रोजगार प्रवर्द्धन दशक २०२५-०३५ शुभारम्भ

प्रकाशित मिति :  10 March, 2025 1:26 pm


काठमाडौं, फागुन २६ – सरकारले २०२५–०३५ लाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ को रूपमा घोषणा गरेको छ। सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त दशकको औपचारिक शुभारम्भ गरेका हुन् ।

कार्यक्रमका क्रममा ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ समेत शुभारम्भ गरिएको छ । सरकारले यो दशकलाई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्दै युवाहरूलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा स्वदेशी उत्पादन, उद्यमशीलता, सीपमूलक तालिम, र रोजगारी सृजनालाई प्रोत्साहन गर्दै देशभित्र नै रोजगारीका सम्भावनाहरू बढाउने सरकारको प्रतिबद्धता दोहोर्याए ।

सरकारले ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अन्तर्गत विभिन्न कार्यक्रम, नीति, तथा योजनाहरू कार्यान्वयन गर्ने योजना बनाएको छ।



प्रतिक्रिया दिनुहोस !