ठमेलमा ‘होली हंगामा सिजन टु’ आयोजना हुने

काठमाडौँ । यस वर्ष पनि ठमेलमा होलीको अवसरमा ‘होली हंगामा सिजन टु’ हुने भएको छ। थ्री सिक्स्टी फाइभको इभेन्टको आयोजनामा होलीको विशेष कार्यक्रम ठमेलको होटल वैशाली अगाडि र टेन एक्सको पार्किङ जेड स्ट्रीटमा हुनेछ। यस कार्यक्रमको विशेष आकर्षण विभिन्न कलाकारहरूको प्रस्तुतिका साथै सांगितिक कार्यक्रम हुने छ।
अघिल्लो वर्षजस्तै यस वर्ष पनि थ्री सिक्स्टी फाइभमा होली मनाउने तयारी छ। निर्देशक नारायण आचार्यका अनुसार, १२ बजेबाट होली हंगामा सुरू हुनेछ। कार्यक्रमको प्रवेश शुल्क एक हजार रूपैयाँ रहेको छ र प्रवेश गर्नेलाई कम्प्लिमेन्ट्री पास उपलब्ध गराइने उनले जानकारी दिए।
कार्यक्रममा डिजे सिसन, डिजे जेनिएक्स, डिजे नेहा र डिजे करिमको जस्ता कलाकारहरूको प्रस्तुति रहने बताइएको छ। यसका साथै संगीतका साथ लाइभ फूड स्टल र बार काउन्टरको व्यवस्था पनि रहनेछ।
होली हंगामा सिजन टु संगीत र रमाइलोको एक बेहतरीन अवसर बन्ने छ, जसमा सहभागीहरूलाई धमाका र रंगहरूको साथ उत्सव मनाउन मौका प्राप्त हुनेछ।