३० फाल्गुन २०८१, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेट : आर्मीले कर्णालीलाई दियो २६३ रनको लक्ष्य

प्रकाशित मिति :  13 March, 2025 1:52 pm


दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ।

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनायो । आर्मीका तिर्थराज दास र विनोद भण्डारीले अर्धशतकीय इनिङ खेलेका छन् ।

ओपनर तिर्थराज दासले ८४ बल खेल्दै १० चौकाको सहयोगमा ६९ रन जोडे । कप्तान विनोद भण्डारीले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए । भिम सार्कीले ४० रन तथा बसीर अहमदले ३६ रन बनाउँदै आर्मीको स्कोर मजबूत बनाए ।

कर्णाली प्रदेशका बलर प्रकाश जैसीले १० ओभरमा ६४ रन खर्चेर ४ विकेट लिए। दिनेश अधिकारीले १० ओभरमा ७४ रन खर्चिएर ३ विकेट झारे भने सुनिल धमलाले २ विकेट लिए ।

प्रतियोगितामा आर्मीले खेलेका दुवै खेलमा जित निकाल्दै ४ अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ। कर्णालीले २ खेल खेलेर १ मा जित र १ मा हार व्यहोर्दै २ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ।



प्रतिक्रिया दिनुहोस !