बेलझुण्डी खानेपानीमा सर्वसम्मत नयाँ नेतृत्व चयन

तुलसीपुर । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । संस्थाको अध्यक्षमा प्रदीप गौतम, उपाध्यक्षमा मनकुमारी महत, सचिवमा मुक्तबहादुर वली (मुकेश), कोषाध्यक्षमा वसन्त थापा निर्वाचित भएका छन् ।
त्यसैगरी, खुल्ला सदस्यहरूमा गोकर्ण पौडेल, मदन बस्नेत, तुलसीराम चौधरी, गिरीराज खड्का, प्रेमलाल चौधरी तथा महिला सदस्यहरूमा मीना रोका, रास्ती बुढा, तिला मल्ल र ताराकुमारी राना मगर निर्वाचित भएका छन् ।
बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नं. १६, १७, १८, र १९ मा खानेपानी सेवा प्रदान गर्दै आएको छ । हालसम्म संस्थाले १,८०० धाराहरू वितरण गरिसकेको छ।
नव-निर्वाचित पदाधिकारीहरूको सपथग्रहण
नयाँ नेतृत्व चयनसँगै पदाधिकारीहरूको सपथग्रहण कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रम निर्वाचन अधिकृत नुमानन्द आचार्यको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीकाे प्रमुख आतिथ्यता र वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीकाे विशिष्ट आतिथ्यतामा नवनिर्वाचित पदाधिकारीलाई सपथ खुवाइएकाे छ ।
सपथग्रहण कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य यज्ञबहादुर बस्नेत, नेकपा (एमाले) तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष कमानसिंह खड्का, नेपाली कांग्रेस वडा नं. १९ का सभापति पदम वली, नेकपा (माओवादी केन्द्र) वडा नं. १९ का अध्यक्ष दुर्गा विश्वकर्मा, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का र नेत्रलाल प्राविका प्रधानाध्यापक शेरबहादुर खड्काले मन्तव्य व्यक्त गरेका थिए।