५ कार्तिक २०८१, सोमबार

म्यानमारबाट २६ नेपालीलाई लिएर उड्यो विमान

प्रकाशित मिति :  5 June, 2020 9:52 am


Plane taking off at the airport. Airbus departs. Outline sketch illustration.

काठमाडौं , म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ। आज बिहान ७ बजे २६ जना नेपालीलाई लिएर विमान उडेको हो।

यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ। लकडाउनपछि चीनबाट ल्याइएका नेपालीहरुपछि औपचारिक रुपमा नेपाल फर्किँदै गरेको यो पहिलो समूह हो।

म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारमा अहिलेसम्म २ सय ३६ जना संक्रमित देखिएका छन्।



प्रतिक्रिया दिनुहोस !