लुम्बिनीकाे लगातार तेस्राे जीत : बागमति ४८ रनले पराजित

दाङ । दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आइतबारको खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई पराजित गर्दै तेस्रो जित निकालेको छ ।
आइतबार दिउँसो भएको खेलमा बागमती प्रदेशलाई ४८ रनले हराउँदै लुम्बिनीले तेस्रो जित निकाल्न सफल भएको हो ।
लुम्बिनीले हालसम्म ४ खेल खेली सक्दा ३ वटा जित निकालेको छ । बागमतीले ४ खेलमा जम्मा १ मात्र जित निकालेको छ ।
लुम्बिनीले प्रदान गरेको ११६ रनको बिजय लक्ष्यसहित मैदानमा उत्रिएको बागमती प्रदेश २२.५ ओभरमा ६७ रनमै अलआउट भएको हो ।
टिमका लागि पृथु बास्कोटाले १५ तथा आशुतोष घिरैया र सुमन सुनारले समान ११ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले पनि दोहोरो रन बनाउन चुकेका थिए ।
लुम्बिनीका लागि बिप्रासन केसी र अजय चौहानले समान ३ / ३ विकेट लिए भने निर्मल गुरुङ र रमेश कुर्मीले पनि समाज २/ २ विकेट लिएका थिए ।
त्यसअघिको खेलमा दाङको लमहीस्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिताको आठौँ दिनको २०औँ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनाउन सकेको थियो ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता जारी छ । प्रतियोगितामा तीन विभागीय टीम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीम सहभागी छन ।
रुपन्देही र दाङमा फागुन २५ गतेबाट प्रतियोगिता सुरु भएको हो । दाङको लमहीसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ प्रतियोगिताका उद्घाटन गरिएको थियो ।
खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन । प्रतियोगितामा हरेक टीमले एक अर्कौ टीमसँग भिड्ने अवशर थियो ।
चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेलहरु हुने छन ।
क्यानका अनुसार लमही क्रिकेट मैदानमा १४, एक्स्ट्राटेक मैदानमा १५ र सबै भन्दा बढी १७ खेल सिद्धार्थ रंगशालामामा आयोजना हुने छन ।
उपाधिका लागि फाइनल खेल सिद्धार्थ रंगशालामा गराउने क्यानको तयारी छ ।
प्रधानमन्त्री कपका सबै खेलहरु काठमाडौं बाहिर लुम्बिनीमा मात्रै आयोजना गरिएको यो पहिलो पटक हो ।