४ चैत्र २०८१, मंगलबार

पूर्वराजा शाहलाई भिलेनको संज्ञा दिँदै अध्यक्ष दाहालले भनेः सात राजनीतिक दललाई धोका नदिएको भए अझै केही वर्ष राजतन्त्र टिक्न सक्थ्यो

प्रकाशित मिति :  18 March, 2025 4:39 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रूपमा सहयोग गरेको टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरूले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्कालीन राजा शाहले भिलेनको रूपमा भुमिका खेलेको टिप्पणी गरेका हुन् ।

उनले पूर्वराजा शाहले मूर्खतामार्फत पनि  आफूहरूलाइ सहयोग गरेको बताए । सात राजनीतिक दलहरूमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने जिकिर उनको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार  पूर्वराजा शाहले तयार पारेकाे बताए ।

अध्यक्ष दाहालले अहिले संविधान संशोधन नभइ समीक्षाको जरुरी रहेको बताए । उनले संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको बताए । उनले सबै शक्तिहरू एक ठाउँमा आएर समीक्षात्मक बहस शुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !