५ कार्तिक २०८१, सोमबार

२ सय ७८ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  5 June, 2020 4:34 pm


काठमाण्डौं, २३ जेठ ।

पछिल्लो २४ घण्टामा २ सय ७८ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशका विभिन्न जिल्लामा गरेर २ सय ७८ जना कोरोना संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो संगै देशभर संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । कोरोना संक्रमण ६८ जिल्लामा फैलिएको छ । संक्रमित मध्य ११ जनको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७८ जना कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लामा गरेर २ सय ७८ जना कोरोना संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो संगै देशभर संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

कोरोना संक्रमण ६८ जिल्लामा फैलिएको छ । संक्रमित मध्य ११ जनको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार सुनसरीमा ८ जना, झापामा १२, मोरङमा ६ जना,  अर्घाखाँची १ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना संक्रमित भेटिएका छन् ।

सिन्धुलीका २ जना, बाराका २ जना, तनहुँका २ जना, भोजपुरका ५ जना, सुनसरीका १३ जना, कैलालीका ४ जनामा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै अछामका १ जना, बझाङका १ जना,डेडेल्धुराका ५ जना, रामेछापका १७ जना, काभ्रेका ५ जना, दैलेखका ९० जना, जुम्ला ३, हुम्ला घर भई हाल जुम्लामा रहेका १ जना, दोलखा घर भई जुम्लामा रहेका १ जना, रामेछाप घर भई हाल जुम्लामा रहेका १ जना, गोरखा घर भई जुम्लामा रहेका १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

सुर्खेतमा १ र दाङमा १, बाराका १ जना, धनुषाका ४ जना, गुल्मी घर भइ काठमाण्डौंमा उपचार गराईरहेका १ जना, कपिलवस्तुमा ४४ जना, कास्की घर काठमाण्डौंमा रहेका १ जना, महोत्तरीका १७ जना, रौतहटका ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण सुर्खेतमा थप एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !