२६ चैत्र २०८१, बुधबार

‘सक्किगोनि’ टेलिसिरियलको तेस्रो सिजन विश्राममा, चाँडै चौथो सिजन आउने

प्रकाशित मिति :  19 March, 2025 2:07 pm


काठमाडौँ । लोकप्रिय नेपाली हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन विश्राममा जाने भएको छ। निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ ले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्।

उनका अनुसार तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन र प्रसारण भइसकेपछि अब परिष्कृत सिर्जनाको तयारीका लागि टिम केही समय विश्राम लिँदै छ। उनले दर्शकहरूको निरन्तर सद्भाव, प्रेम र शुभेच्छाप्रति आभार व्यक्त गर्दै आगामी चौथो सिजनलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका छन्।

कट्टेलले चौथो सिजनमा समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति, पहिचान, संवेदनशीलता, भाइचारा र विविधताका पक्षलाई कसरी समेट्न सकिन्छ भन्नेबारे दर्शकहरूको सुझाव मागेका छन्।

‘सक्किगोनि’ नेपाली दर्शकमाझ निकै लोकप्रिय रहेको हास्य टेलिसिरियल हो, जसले नेपाली समाजका विभिन्न पक्षलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गर्दै आएको छ। दर्शकहरूले अब चौथो सिजनलाई कुन रूपमा हेर्न चाहन्छन् भन्ने विषयमा टिमले सुझाव संकलन गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !