जलन पीडितहरूको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले जलन पीडित र जलनका घाइतेहरूको उपचार र क्षतिपूर्तिको सन्दर्भ आफू व्यक्तिगत रूपमा समेत गम्भिर रहेको बताएका हुन् । उनले तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐनले प्रयाप्त व्यवस्था गरेको गरेकोले उक्त विधेयकको छलफलका क्रममा सरकारले आधिकारिक धारणा राख्ने बताए ।
“जलन पीडित र जलनका घाइतेहरूको सन्दर्भमा अथवा क्षतिपूर्तिको सन्दर्भमा म गम्भिर छु । जलन पीडित र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील छ । तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐन,२०७९ ले यस सम्बन्धमा प्रयाप्त व्यवस्था गरेको समेत जानकारी गराउँदछु । जलनपीडितहरुको उपचार, पुनःस्थापनाका सन्दर्भमा सदनमा दर्ता भएको निजी विधेयकको सम्बन्धमा दाफावार छलफलको क्रममा सरकारले आफनो धारणा विस्तृत रुपमा राख्ने नै छ,” उनले भने ।
उनले जलन अस्पतालहरुको विस्तार तथा स्तरोन्नति गर्नको लागि समेत सरकारले काम गरिरहेको बताए ।