४ आश्विन २०८१, शुक्रबार

टर्यो नेपालमा सलहको जोखिम

प्रकाशित मिति :  6 June, 2020 9:57 am


काठमाडौं,  नेपालमा सलहको जोखिम टरेको छ । संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ)ले यस वर्षका लागि नेपालमा सलहको प्रकोप टरेको जानकारी नेपाललाई गराएको हो

सलह किराको झुण्ड दक्षिण अफ्रिकाबाट मध्यपूर्व, पाकिस्तानहुँदै भारतसम्म पुगेपछि नेपाल भित्रिन सक्ने सम्भावना रहेको भन्दै सरकारले दुई हप्ताअघि प्लाण्ट क्वारेन्टिन तथा विषादी व्यस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईको संयोजकत्वमा प्राविधिक कार्यदल बनाएको थियो ।उक्त कार्यदलका संयोजक हुमागाईले यस वर्ष सलह नेपालमा नआउने निश्कर्ष निकालिएको जानकारी दिए ।

हुमागाईले भारतको राजस्थानसम्म आएको सलहको झुण्ड विभिन्न समूहमा बाँडिएको बताए । त्यसबाहेक नेपालमा मनसुनी वर्षा समेत सुरु भएर सलहको लागि प्रतिकुल हावापानी बनेकाले तत्काल  आउन सक्ने सम्भावना नरहेको जानकारी एफएओले गराएको हो ।ठूलो झुण्डमा आएको सलहलाई केही दिनअघि दक्षिणि सागरमा विकास भएको अंपुन नामको चक्रावतले पनि तितरबितर पारेको थियो ।



प्रतिक्रिया दिनुहोस !