२४ चैत्र २०८१, सोमबार

क्षयरोगको न्युनिकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति :  24 March, 2025 12:05 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्युनिकरण गर्न सरकारले प्राथमिताहरू बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले यसको न्युनिकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरू बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताएका हुन्।

उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताए । खर्च गर्ने थर शतप्रतिशत उपलब्धि हाँसिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हाँसिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिवद्धता जनाए ।

मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !