२५ चैत्र २०८१, मंगलबार

अस्पताल बनाएर मात्रै हुँदैन, क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति :  24 March, 2025 4:06 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्नसक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले जनशक्ति उत्पादित रहेको तर अस्पताललाई आवश्यकता पर्ने जनशक्ति उपलब्ध हुन नसकेको बताएका हुन् । उपत्यकाभित्र निर्वाह हुने स्थिति रहे पनि उपत्यकाबाहिर कतिपय स्वास्थ्य संस्थाहरू शुन्यताको स्थिति रहेको बताए।

आफ्नो भुगोलमा योगदान गर्छु भनेर उपत्यका बाहिर गएर सेवा गर्ने अठोट गर्न जरुरी रहेको बताए । जनशक्तिको उन्नयनको पक्षमा अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन जरुरी रहेको बताए । आवश्यक जति तलव दिन नसकेपनि निर्वाह हुने सम्मको तलव सुविधाको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

मन्त्री पौडेलले अस्पताल, मन्त्रालय बनाएको नागरिकका लागि बनेको भन्दै नागरिकका लागि सहज हुने परिस्थिति बनाउन आवश्यक जरुरी रहेको बताए । उपचार सेवाबाट कसैले पनि विमुख हुनुपर्ने स्थिति हुन नदिन सरकारले काम गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !