१९ चैत्र २०८१, बुधबार

स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक छः स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति :  25 March, 2025 2:46 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ्ग कार्यक्रको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरुमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए÷नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य रोखको उल्लेख गरेका हुन् ।

स्त्रिनिङ्गको कार्यक्रम स्थानीय तहसम्म पु¥याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ्ग अभियानको रुपमा सञ्चालन गरेको समेत बताए । उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरूलाई एच.पी.भि खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उहाँले स्थानीय तहसँग जोड्नसके मात्रै स्क्रीनिङ्ग कार्यक्रम सफल हुने बताए ।



प्रतिक्रिया दिनुहोस !