५ कार्तिक २०८१, सोमबार

५ महिने बालक सहित ३ सय २३ जना संक्रमित थपिए, कूल संख्या ३२ सय नाघ्यो

प्रकाशित मिति :  6 June, 2020 4:42 pm


काठमाडौं, २४ जेठ ।

पछिल्लो २४ घण्टामा ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा ५ महिने बालक र १४ महिने बालिकासहित ३ सय २३ जना संक्रमित भेटिएको पुष्टि गरेको हो ।   यो संगै कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ ।

कोरोना संक्रमित मध्य मोरङका ६ जना, सुनसरीका ५ जना, सप्तरीका ८ जना, नवलपरासी पूर्वका ३ जना छ ।

त्यस्तै बर्दियाका २८ जना र बाँकेका १२ जना छन् भने कास्कीका ३ जना, स्याङ्जाका १० जना, बाग्लुङका १ जना, बझाङका ६ जना,कञ्चनपुरका १ जना, काठमाण्डौं घर भई कञ्चनपुरमा रहेका २ जना, अछाममा १ जना, कैलालीका २ जना, डडेल्धुराका १ जना, दैलेखमा १८ महिने बालिका र ५ महिने बालकसहित ४७ जना, डोल्पाका १ जना संक्रमित बनेका छन् ।

त्यस्तै सुर्खेतका सुर्खेतका १० जना, जाजरकोटका ४ जना, सल्यानका ३८ जना,  अर्घाखाँचीका १ जना, नवलपरासीका ४८ जना,रुपन्देहीका ३ जना, भक्तपुरका १ जना, धनुषाका ८ जना, काठमाण्डौंका ४ जना, महोत्तरीमा ३५ जना, रौतहटका ६ जना, सर्लाहीका २७ जनामा कारोना संक्रमणको पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !