६ कार्तिक २०८१, मंगलबार

कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु,मृतकको संख्या १३ पुग्यो

प्रकाशित मिति :  6 June, 2020 4:46 pm


काठमाडौं, २४ जेठ । कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।

डोल्पा र कैलालीमा २ जनाको मृत्यु भएको हो । धनगढी ४ की ५५ वर्षीय महिला उपचारका लागि हिजो भर्ना भएको र मृगौलाको उपचार गर्दै गर्दा हिजो निधन भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको छ ।  मन्त्रालयको नियमित पत्रकार सम्मेलन प्रवक्ता डा.विकास देवकोटाले थप २ जनाले जनाको मृत्यु भएको र कूल मृतकको संख्या १३ पुगेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !