२५ चैत्र २०८१, मंगलबार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमा छलफल हुने

प्रकाशित मिति :  30 March, 2025 10:21 am


काठमाडौँ, १५ फागुन : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिर प्रदीपराज वन्त रासस

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज सिंहदरबारमा बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को प्रतिवेदनका सम्बन्धमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ ।

समितिले यस विधेयकमाथि आवश्यक परिमार्जन र संशोधनबारे छलफल गर्नेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि क्षेत्रमा महत्त्वपूर्ण मानिएको यस विधेयकलाई प्रतिनिधि सभामा टेबुल गर्नुअघि समितिमा गहन अध्ययन र परामर्श गरिने अपेक्षा गरिएको छ ।

बैठकमा समिति सदस्यहरूका साथै सम्बन्धित निकायका अधिकारीहरू पनि सहभागी हुनेछन् । समितिले विधेयकलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापनासम्बन्धी आवश्यक नीति तथा मापदण्डबारे समेत सुझाव संकलन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !