आफ्नो अभिव्यक्ति शैली सच्याउने सञ्चारमन्त्रीको प्रतिवद्धता
प्रकाशित मिति : 31 March, 2025 3:08 pm

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रविद्धता जनाएका छन् ।
सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो अभिव्यक्तिका कारण सांसदहरुको मनमा चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको भन्दै आफ्नो जिब्रो सोझो रहेको र एग्रेसिप लजिकमा विश्वास गर्ने शैली आफ्नो रहेको बताए ।
मन्त्री गुरुङले यसअघिको राष्ट्रिय सभा बैठकमा सांसदहरूलाई होच्याउने किसिमले अभिव्यक्ति दिएकाे भन्दै आलोचना भएको थियो ।