नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा
प्रकाशित मिति : 2 April, 2025 2:12 pm

काठमाडाैँ । नेपाल प्राज्ञिक मञ्चले काठमाडौँमा पदयात्रा गरेको छ । बुधवार बिहान प्राज्ञिक मञ्चले काठमाडौँको भद्रकाली, रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म पदयात्रा गरेको हो ।
उनीहरूले गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै पदयात्रा गरेका हुन् । साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । गत चैत्र १५ गते भएको राजावादीहरूको प्रदर्शनका क्रममा दुई युवकको ज्यान गएको थियो ।
प्राज्ञिक मञ्चले नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पनि पदयात्रा गरेको जनाएको छ । प्राज्ञिक मञ्चको पदयात्रामा संस्कृतिविद् डा. जगमान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।